काठमाडौं । प्रभु म्यानेजमेन्ट प्रालिका पूर्वसेयरधनी तथा सहायक लेखा प्रमुख हेमकुमार महाजु पक्राउ परेका छन् । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले हुण्डीमार्फत् अवैध कारोबार गरेको आरोपमा उनलाई ललितपुरको गोदावरी नगरपालिका–३, टौखेलबाट पक्राउ गरेको हो ।

ठाकुरप्रसाद मानन्धरलगायतले दिएको जाहेरीका आधारमा ठगी, आपराधिक विश्वासघात, आपराधिक लाभ र नेपाल राष्ट्र बैंक ऐन, २०५८ अन्तर्गतको कसूरमा छानबिन चलिरहँदा उनी पक्राउ परेका हुन् ।

अनुसन्धानका क्रममा प्रभु म्यानेजमेण्ट प्रालिको नाममा सञ्चालित सिटिजन्स बैंकको खातामा बारम्बार नौ लाख ९९ हजार ५०० रूपैयाँसम्मका शंकास्पद रकम विभिन्न व्यक्तिहरूको नामबाट जम्मा भएको भेटिएको छ। रेमिट कारोबारको आवरणमा एकैदिन पटक–पटक रकम बैंक खातामा जम्मा भएको पाइएको हो ।

ADVERTISEMENT

प्रहरीका अनुसार उनले नियमित भुक्तानीको सटहीमा अवैध रूपमा हुण्डीमार्फत् रकम भित्र्याई मिलान गरिएको थियो । सीआईबीका प्रवक्ता एवं एसएसपी शिवकुमार श्रेष्ठका अनुसार महाजु उक्त खाताका सञ्चालकमध्ये एक थिए ।

ADVERTISEMENT

 

ADVERTISEMENT