काठमाडौं । सिमरा विमानस्थल क्षेत्रमा तनाव बढेसँगै सबै उडान रद्द गरिएको छ । बुद्ध एयरले दैनिक ५ उडान गर्दै आइरहेको थियो ।

बुद्ध एयरको आज एकमात्र उडान भएको थियो । दोस्रो उडानमा एमालेका नेताहरूसहित जाने तय भएको थियो ।

ADVERTISEMENT

सिमरा विमानस्थल आसपास क्षेत्रमा जेन-जी युवाहरुको प्रदर्शन तथा राजनीतिक दल आवद्व समूहहरुको झडप भइरहेको जिप्रका बाराले जनाएको छ । झडपबाट सरकारी सम्पत्ति, पदाधिकारी, कर्मचारी, सरकारी कार्यालय लगायत निजी सम्पत्ति क्षति हुन नदिन साथै परिस्थिति थप विग्रन नदिन कर्फ्यू लगाइएको बताइएको छ ।