काठमाडौं । चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो चौमासिकमा सरकारको विकास खर्च निकै कमजोर देखिएको छ । महालेखा नियन्त्रक कार्यालयका अनुसार गत कात्तिक मसान्तसम्म वार्षिक विनियोजनको ६.२१ प्रतिशत बराबर मात्रै विकास खर्च भएको हो ।

चालु आवका लागि पुँजीगत शीर्षकमा चार खर्ब सात अर्ब ८८ करोड बजेट विनियोजन गरिएकामा कात्तिक मसान्तसम्म २५ अर्ब ३१ करोड ३४ लाख बराबर मात्रै खर्च भएको कार्यालयले जनाएको छ ।

यस अवधिको कुल सरकारी बजेट खर्च वार्षिक विनियोजनको २३.८७ प्रतिशत छ । चालु आवका लागि कुल १९ खर्ब ६४ अर्ब ११ करोड बजेट विनियोजन गरिएकामा पहिलो चौमासिकमा चार खर्ब ६८ अर्ब ८८ करोड ९४ लाख खर्च भएको कार्यालयले जनाएको छ ।

ADVERTISEMENT

चालुगत शीर्षकमा ११ खर्ब ८० अर्ब ९८ करोड वार्षिक विनियोजन रहेकामा हालसम्म २७.१८ प्रतिशत अर्थात् तीन खर्ब २० अर्ब ९९ करोड २२ लाख खर्च भएको छ ।

ADVERTISEMENT

वित्तीय व्यवस्था शीर्षकमा तीन खर्ब ७५ अर्ब २४ करोड २० लाख विनियोजन भएकामा हालसम्म ३२ दशमलव ६७ प्रतिशत अर्थात् एक खर्ब २२ अर्ब ५८ करोड ३८ लाख बराबर खर्च भएको छ ।

ADVERTISEMENT

यस अवधिको सरकारी राजस्व सङ्कलन तीन खर्ब ३३ अर्ब ३४ करोड बराबर छ । जुन वार्षिक लक्ष्यको २१ दशमलव ७२ प्रतिशत हो । चालु आर्थिक वर्षका लागि सरकारले १५ खर्ब ३३ अर्ब ४४ करोड ६९ लाख राजस्व उठाउने लक्ष्य राखेको छ ।