काठमाडौं । साहस ऊर्जा लिमिटेडले मंसिर २४ गते १२ औं वार्षिक साधारण सभा बोलाएको छ । कम्पनीको कात्तिक २७ गते बसेको सञ्चालक समितिको निर्णय अनुसार सभा कार्की ब्याङ्क्वेट बबरमहल काठमाडौं बिहान ११ बजे आव्हान गरेको हो ।

सभाले हाल कायम चुक्ता पुँजीको २१ प्रतिशत बोनस सेयर १.१०५३ प्रतिशत नगद लाभांश (करसहित) र लाभांश वितरण पछि कायम हुने चुक्ता पुँजीको शत प्रतिशत अर्थात १ः१ को अनुपातमा ४ करोड ५७ लाख ३८ हजार कित्ता हकप्रद सेयर निष्कासन गर्ने प्रस्ताव पारित गर्नेछ ।

ADVERTISEMENT

सभाले गत आवको वार्षिक प्रतिवेदन छलफल गरि प्रस्ताव पारित गर्नेछ ।

ADVERTISEMENT

सभाले लेखा परिक्षण प्रतिवेदन, वासलात , नाफा नोक्सान हिसाव, नगद प्रवाह लगायतका वित्तीय विवरण पारित गरी चालु आवको लागि लेखापरिक्षक नियुक्ति गरी निजको पारिश्रमिक निर्धारण गर्नेछ ।

कम्पनीको प्रबन्धपत्र र नियमावलीमा आवश्यक संशोधन गर्ने र सम्बन्धित निकायबाट कुनै संशोधन, फेरबदल वा थपघट गर्न कुनै सुझाव वा निर्देशन प्राप्त भएमा सोही बमोजिम आवश्यक संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने विशेष प्रस्ताव पनि सभाले पारित गर्नेछ।

ADVERTISEMENT

साधारणसभा तथा लाभांश वितरण प्रयोजनार्थ कम्पनीले मंसिर ५ गते एक दिनका लागि बुक क्लोज गर्ने निर्णय गरेको छ। जसअनुसार बुक क्लोजको आधारमा मंसिर ४ गतेसम्म नेप्सेमा कायम सेयरधनीहरूले मात्रै सभामा भाग लिन पाउनेछन् ।