काठमाडौं । नेपाल वायु सेवा निगमले महाप्रबन्धक पदका लागि दरखास्त आह्वान गरेको छ ।

बिहीबार सूचना प्रकाशित गर्दै निगमले खुला प्रतिस्पर्धात्मक प्रतियोगिताद्वारा महाप्रबन्धक नियुक्ति गर्नका लागि दरखास्त माग गरेको हो ।
योग्यता पुगेका इच्छुक उम्मेदवारहरूले १५ दिनभित्र संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, सिंहदरबार, काठमाडौँमा आवेदन दिन सक्नेछन् ।

आवेदन फाराम, उम्मेदवारको योग्यता तथा अनुभव, पेस गर्नुपर्ने कागजातहरू, परीक्षाको छनौट विधि, पारिश्रमिक तथा सुविधा र अन्य आवश्यक विवरण मन्त्रालयको वेबसाइटमा उपलब्ध रहेको जनाइएको छ ।

ADVERTISEMENT

प्रधानमन्त्री सुशीला कार्कीले बुधबार मात्र नेपाल वायु सेवा निगममा खुला प्रतिस्पर्धाबाट महाप्रबन्धक नियुक्त गर्ने प्रक्रियामा भएको प्रगतिबारे जानकारी माग गरेकी थिइन् ।

ADVERTISEMENT

‘नेपाल वायु सेवा निगमको महाप्रबन्धक खुला प्रतिस्पर्धाबाट छनोट गर्न गठित समितिका पदाधिकारीसँग ११ दिनमा भएको प्रगतिबारे अद्यावधिक जानकारी लिइएको छ। पारदर्शी प्रक्रिया र योग्यता प्रणालीमा रहेर नेतृत्व चयनका लागि कुनै अलमल नगरी अगाडि बढ्नुपर्छ,’ प्रधानमन्त्री कार्कीले भनेकी थिइन् ।

ADVERTISEMENT