काठमाडौं। सरकारले मधेश प्रदेश प्रमुखमा सुरेन्द्र लाभ कर्णको नाम सिफारिस गरेको छ । सोमबार बसेको मन्त्रिपरषद् बैठकले कर्णलाई नियुक्तिका लागि राष्ट्रपतिसमक्ष सिफारिस गरेको हो ।
मन्त्रिपरिषद् बैठकले सुमित्रा भण्डारी सुवेदीलाई पदमुक्त गरी नयाँ प्रदेश प्रमुखमा कर्णलाई नियुक्त गर्न सिफारिस गरेको सरकारका प्रवक्तासमेत रहेका सञ्चारमन्त्री जगदीश खरेलले जानकारी दिए ।
कर्ण राजनीतिक विश्लेषक र मधेश मामिलाका जानकार हुन् । उनी २०७८ सालमा राष्ट्रिय योजना आयोगका सदस्यसमेत भएका थिए ।
सुवेदीले संविधानकाे धारा १६८ काे उपधारा २ अनुसार सरकार गठन गर्ने अवस्था हुँदाहुँदै उपधारा ३ अनुसार एमालेका सराेजकुमार यादवलाई मुख्यमन्त्री नियुक्त गरी शप खुवाएपछि विवादमा परेकी थिइन् । साेही कारण सरकारले उनलाई हटाएकाे हाे ।







