काठमाडौँ । दोलखाको डोल्मा खाङ हिमाल आरोहण गर्न गएको समूह हिमपहिरोमा पर्दा तीन जनाको ज्यान गएको छ ।

कम्तीमा पाँच जना बेपत्ता भएका खबर आएको सहायक प्रमुख जिल्ला अधिकारी औलाख बहादुर आलेले जानकारी दिए ।

दोलखाको गौरीशङ्कर गाउँपालिकामा पर्ने डोल्मा खाङ हिमाल आरोहणका १५ जनाको टोली गएको थियो । अहिले प्रहरी र नेपाली सेनाको टोलीले हेलिकप्टरमार्फत उद्धारको काम गरिरहेको जिल्ला प्रशासन कार्यालय दोलखाले जनाएको छ ।