काठमाडौं । जेनजी आन्दोलनको क्रममा कारागारबाट फरार भएका मध्ये करिब पाँच हजार कैदीबन्दीलाई अध्यागमनको कालोसूचीमा राखिएको छ ।

२४ भदौको आन्दोलनको क्रममा देशभरका कारागारहरूबाट १५ हजार भन्दा कैदीबन्दीहरू फरार भएका थिए । अहिले ठूलो मात्रामा कैदीबन्दीहरू पक्राउ परिसकेका छन् । ती मध्ये अझै ६ हजार भन्दा बढी कैदीबन्दीहरू फरार छन् ।

ADVERTISEMENT

फरार भएका कैदीबन्दीहरू विमानस्थल प्रयोग गरेर विदेश भाग्न सक्ने भन्दै उनीहरूलाई कालोसूचीमा राखिएको छ । कारागार व्यवस्थापन विभागले पठाएको विवरणका आधारमा करिब पाँच हजार कैदीबन्दीहरूलाई कालोसूचीमा राखिएको हो ।

अध्यागमन विभागका महानिर्देशक रामचन्द्र तिवारीका अनुसार ५२९ भारतीय कैदीलाई अध्यागमनको कालो सूचीमा राखिएको छ । त्यसैगरी ४ हजार २६६ नेपाली कैदीबन्दीहरू पनि अध्यागमनको कालो सूचीमा परेका छन् ।

ADVERTISEMENT

संख्यामा कैन्दीबन्दीहरू फरार भए पनि उनीहरूको पासपोर्ट, नागरिकता नम्बरहरू यकिन हुन नसक्दा अरू कैदीबन्दीहरूलाई कालो सूचीमा राख्न अप्ठेरो परेको विभागको बुझाई छ ।

नामको आधारमा मात्रै कालो सूचीमा राख्दा सोही नाम गरेको अर्को व्यक्तिले दुस्ख पाउने सम्भावना रहने भएकाले पासपोर्टको विवरण उपलब्ध भएसम्मका कैदीबन्दीहरूलाई कालोसूचीमा राखिएको बताइएको छ ।