काठमाडौं । आइसिसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत युएईविरुद्धको खेलमा नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान रोहित पौडेलले शतक प्रहार गरेका छन्।
१२६ बलको सामना गर्दै रोहितले शतक प्रहार गरेका हुन्। रोहितको यो व्यक्तिगत दोस्रो शतक हो।
उनले यसअघ सन् २०२२ मार्च २५ तारिखमा कीर्तिपुरमा क्रिकेट स्टेडियमा पपुवा न्यू गिनीविरुद्ध १२६ रनसहित पहिलो शतक बनाएका थिए ।
पौडेलले करिअरकै दोस्रो शतक बनाउन साढे तीन वर्ष लगाए । दबाबमा रहेको नेपाली इनिङलाई सम्हाल्दै कप्तान रोहितले शतक प्रहार गरेका हुन्। राेहितकाे शतककाे मद्दतमा नेेपालले युएईलाई २३४ रनकाे लक्ष्य प्रस्तुत गरेकाे छ । राेहितले १३० बलमा १०९ रन बनाए ।
नेपालका लागि आशीफ शेखले ४८, आरिफ शेख ४२, दीपेन्द्रसिंह एरीले २८ रन बनाएका थिए ।
युएईको लागि जाहिद अलीले सर्वाधिक ४ विकेट लिँदा जुनाइद सिद्धिकीले ३ विकेट हात पारेका थिए । आईसिसी पुरुष क्रिकेट विश्वकप लिग २ मा नेपाल र युएई तालिकाको पुछारमा छन् । तालिकाको शीर्ष तीन टोलीले एकदिवसीय मान्यता जोगाउने छन् भने विश्वकपको लागि छनोट पनि हुनेछन् ।










