काठमाडौँ । पर्वतीय पर्यटन व्यवसायीहरूको छाता संस्था ट्रेकिङ एजेन्सीज् एसोसिएसन अफ नेपाल टानले हिमाली क्षेत्रमा वर्षासँगै हिमपात शुरू भएकाले यात्रा नगर्न आन्तरिक तथा बाह्य पर्यटकलाई आग्रह गरेको छ ।

कर्णाली, लुम्बिनी र गण्डकीलगायतका प्रदेशमा हल्कादेखि मध्यम वर्षा भएकोले हिमाली क्षेत्रको यात्रामा ध्यान दिन टानका अध्यक्ष सागर पाण्डेले आग्रह गरेका हुन।

मौसम पूर्वानुमान अनुसार नै अहिले डोल्पा, धौलागिरि, मुस्ताङ, मनाङ, मनास्लु, लाङटाङ, सगरमाथालगायतका पर्यटकीय गन्तव्यमा वर्षासँगै हिमपात समेत शुरू भई पदयात्रालगायतका सम्पूर्ण पर्यटकीय गतिविधि प्रभावित भइरहेको टानले जनाएको छ ।

ADVERTISEMENT

अध्यक्ष पाण्डेले कतिपय ठाउँमा स्थानीय प्रशासनले पदयात्रा गर्न रोकसमेत लगाइसकेको भन्दै मौसममा सुधार नआउञ्जेलसम्म उच्च हिमाली क्षेत्र तथा उच्च पास भएर जाने सम्पूर्ण पदमार्गमा हुने पदयात्राहरू नगर्नरनगराउन, पदयात्री, आरोहण दलका सदस्य तथा सहयोगी टोलीलाई आग्रह गरे ।

ADVERTISEMENT