काठमाडौं । कलाकार निर्माता दीपकराज गिरी भदौ २३ र २४ को विध्वंश मच्चाउन उक्साउने ‘ग्याङ’ का सदस्य भएको खुलेको छ । रास्वपा र विवेकशील साझा पार्टीका नेताहरू जो जेनजी प्रदर्शन हिंसात्मक बनाउन उद्यत थिए गिरी पनि त्यसै समूहको सदस्य भएको खुलेको हो ।

विगतमा कांग्रेस राजनीतिमा सक्रिय दीपकराज पछिल्लो समय रास्वपा निकट थिए । रवि लामिछानेले रास्वपा खोलेपछि बाहिर नदेखिए पनि दीपकराजले भित्रभित्रै निकै सहयोग गर्दै आएका थिए । ठूला दललाई सामाजिक सञ्जालदेखि मिडियामा कडा आलोचना गर्नेमा उनी अग्रपंक्तिमा पर्दै आएका छन् । उनै गिरी रास्वपा नेता गणेश कार्की, पूर्वनेतृ सुमना श्रेष्ठ, विवेकशील साझा पार्टीका नेता मिलन पाण्डे, चलचित्र निर्देशक एवं पछिल्लो समय काठमाडौं मेयर बालेनका प्रमुख हर्ताकर्ता निश्चल बस्नेतसहित प्रदर्शनका क्रममा जलाइएको कांग्रेस नेता विमलेन्द्र निधिको घर हेर्न पुगेका थिए ।

ADVERTISEMENT

सामाजिक सञ्जालमा दीपकराज र निश्चल बस्नेत आरोप प्रत्यारोपमा उत्रिन्छन् । तर विचारमा भने दुवै एकै समूहमा रहेको समाचारमा उल्लेख तस्बिरले पनि पुष्टि गर्छ ।
जेनजी आन्दोलनका त्रेला दीपकराजले भिडिओ सन्देश दिएका थिए । उनले नै सार्वजनिक रूपमा आफूहरूको नैतिक समर्थन रहेको जानकारी गराएका छन् ।

रास्वपा वा नयाँ दलबाट चुनाव लड्ने तयारीमा उनी लागेको निकट स्रोतले बताएको छ । २०७९ मंसिर ४ कै चुनावमा उनलाई रवि लामिछानेले रास्वपाबाट उम्मेदवार बन्न प्रस्ताव गरेका थिए । तर उनले अस्वीकार गरे । जेनजी प्रदर्शनअघि दीपकराजले नख्खु कारागार पुगेर रविसँग करिब एक घन्टा कुराकानी गरेर फर्केका थिए ।

ADVERTISEMENT