काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले प्रतिनिधिसभा निर्वाचनमा सहकार्य गर्न सबैलाई अपिल गरेकी छिन् ।

नेपाल संवत् ११४६ को अवसरमा ललितपुरको मंगलबजारमा बुधबार आयोजित कार्यक्रममा उनले नेपाली जनतालाई मताधिकार प्रयोग गर्ने वातावरण बनाउन सरकार कटिबद्ध भएको बताइन् ।

ADVERTISEMENT

कार्कीले निर्वाचनमा सचेत नागरिकको भूमिका निर्वाह गर्न अपिल गरिन् । ‘सरकारसँग नेपालको संविधानको अधीनमा रही जेनजी आन्दोलनको सुशासनको आवाजलाई सम्बोधन गर्नुपर्ने दायित्व रहेको छ । यसका लागि समाजका सबै तह, तप्का र वर्ग समुदायको उत्तिकै भूमिका हुन्छ । आउनुहोस्, यसमा सहाकार्य गरौँ र सचेत नागरिकको भूमिका निर्वाह गरौं,’ उनले भनिन् ।

सरकारले फागुन २१ का लागि आमनिर्वाचनको मिति तोकेको छ । प्रधानमन्त्री कार्कीले मंगलबार बालुवाटारमा सबै दलसँग निर्वाचनबारे छलफल गरेकी थिइन् । ‘लोकतान्त्रिक सबलीकरण, आर्थिक समृद्धि र नागरिक अधिकारको रक्षा गर्न आगामी फागुन २१ गते हुने निर्वाचनमा भयरहित ढंगले नेपाली जनतालाई मताधिकार प्रयोग गर्ने वातावरण बनाउन सरकार कटिबद्ध छ’, उनले भनिन् ।

ADVERTISEMENT

कार्कीले सबै राजनीति दल, वर्ग, समूहको साथ र सहयोग रहनेछ भन्नेमा विश्वस्त रहेको बताएकी छिन् ।