काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले उपसभापति पूर्णबहादुर खड्कालाई कार्यवाहक सभापतिको जिम्मेवारी तोकेका छन् ।

देउवा निवासमा सोमबार साँझ बसेको शीर्ष नेताहरुको बैठकमा खड्कालाई कार्यवाहक सभापति दिन उनी राजी भएका थिए । सोहीअनुसार मंगलबार पार्टी कार्यालय सानेपामा बसेको केन्द्रीय कार्यसमिति बैठकमा सभापति देउवाले खड्कालाई कार्यवाहक सभापतिको जिम्मेवारी तोकेका थिए ।

ADVERTISEMENT

‘मैले उपसभापति पूर्णबहादुर खड्कालाई कार्यवाहक तोकेको छु। जिम्मेवारीअनुसार काम गर्नुहोला,’ देउवाले बैठकमा भने।

ADVERTISEMENT

सभापति देउवाले पार्टीको केन्द्रीय समिति बैठकमा पछिल्लो राजनीतिक घटनाक्रमबारे आफ्नो धारणा राखेका थिए । उनले जेनजी आन्दोलनका शहीदप्रति श्रद्धाञ्जली दिएका छन् ।
देउवाले १५औं महाधिवेशन तोकेको अवधिमै हुने बताए। उनले नियमित महाधिवेशन हुने पनि बताए। उनले आफू पाँचपटक प्रधानमन्त्री भए पनि पूरा कार्यकाल चलाउन नपाएको बताएका थिए।

खड्कालाई कार्यवाहक सभापतिको जिम्मेवारी सुम्पिएसँगै देउवा सिंगापुर जाने तयारी छन् । भदौ २४ गते आपराधिक जत्थाको भौतिक आक्रमण व्यहोरेका देउवा दम्पतीले सिंगापुरमा थप उपचार गर्ने छन् ।

ADVERTISEMENT