बर्दिया । एक दशक अगाडि नै निर्माण गरी सञ्चालन भइरहेको एक हजार १५ मिटर लम्बाइको नेपालकै लामो कर्णाली (गेरुवा) पुल सञ्चालनसँगै सो क्षेत्रका स्थानका स्थानीय लाभान्वित भएका छन् ।

राजापुर नगरपालिकालगायत सो क्षेत्रका स्थानीयहरुले वर्षौंदेखि जोखिमपूर्ण रुपमा नदी तर्न नाउ, डुंगा प्रयोग गर्नुपर्ने अवस्थाको अन्त्य भएको छ ।

यो पुल नेपालकै लामो पुल मात्र नभई निर्माण गर्दासमेत लक्ष्यभन्दा नौ महिनाअघि नै सम्पन्न गरिएको हो । २०६७ कात्तिक १६ गतेदेखि निर्माण सुरु गरिएको पुल ०७२ असार मसान्तभित्र पूरा गर्ने सम्झौता थियो। लक्ष्यभन्दा निकै तीव्र गतिमा काम सम्पन्न भई तोकिएको समयभन्दा नौ महिनाअगावै ०७१ भदौ मसान्तमा पुल निर्माण सम्पन्न भएको थियो ।

ADVERTISEMENT

एक दशक अगाडिसम्म पुलको अभावमा गर्भवती, अशक्त, बिरामीलाई जुन समस्या हुन्थ्यो अब त्यो समाप्त भएकोमा स्थानीय खुसी भएका छन् । सदरमुकाम गुलरियाबाट २५ किलोमिटर पश्चिममा बनेको पुलको चौडाइ ९ मिटर १० सेन्टिमिटर डबल लेनको फुटपाथसमेत छ।

ADVERTISEMENT

पुल निर्माणपछि राजापुर क्षेत्रका करिब दुई लाखभन्दा बढी जनता लाभान्वित भएका छन्।

ADVERTISEMENT

तस्बिरःनेपाल फोटो लाइब्रेरी ।