काठमाडौं । इलाममा ४० वर्षयताकै अधिक वर्षा हुँदा जनधनको ठूलो क्षति भएको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले इलाममा बाढीपहिरोले धेरै क्षति हुनुको कारण धेरै वर्षा भएको जनाएको छ ।

जल तथा मौसम विज्ञान विभागकाअनुसार गएको असोज १७ र १८ गतेको ठूलो वर्षाले इलामको सूर्योदय नगरपालिकाको हिमाली गाउँ स्टेशनमा यसअघिको रेकर्ड नै ब्रेक गरेको हो ।

ADVERTISEMENT

यसअघि हिमाली गाउँमा सन् १९८३ जुलाइ १५ मा ३२०.६ मिलिमिटर वर्षा मापन भएको थियो । तर यसवर्ष भने ३३२.६ मिलिमिटर वर्षा मापन भएको छ ।

यसपालि इलाम, पर्सा र रौतहटमा अति उच्च वर्षा भएको छ । दोस्रो धेरै वर्षा भएको रौतहटको गौर हो । गौरमा यसअघि ३०१.५ मिलिमिटर वर्षा भएकोमा यस वर्ष ३१५ मिलिमिटर वर्षा भएको छ ।

ADVERTISEMENT

त्यस्तै पर्साको वीरगञ्जमा यसवर्ष २९४.५ मिलिमिटर वर्षा भएको छ । वीरगञ्जमा यसअघि उच्च २७३.२ मिलिमिटर वर्षा भएको थियो । त्यस्तै इलामको इलाम टि(स्टेटमा दुई सय ८० मिलिमिटरसम्म वर्षा भएको छ । यसअघि त्यहाँ २७३.२ मिलिमिटर वर्षा भएको थियो ।

यि क्षेत्रमा विगतको तुलनामा वर्षाले नयाँ रेकर्ड बनाएको हो । इलाममा बाढीपहिरोमा परी ज्यान गुमाउनेको संख्या ३९ पुगेको छ भने समग्र कोशी प्रदेशमा ४७ जनाले ज्यान गुमाएका छन् ।