काठमाडौं । जेनजी आन्दोलनमा भएको दमनका जिम्मेवार ठहर गर्दै हामी नेपालका प्रमुख सुधन गुरुङलगायत सोमबार निवर्तमान प्रधानमन्त्री केपी ओली र गृहमन्त्री रमेश लेखकविरुद्ध उजुरी दिन काठमाडौं जिल्ला प्रहरी परिसर पुगेका छन्।

गुरुङले आन्दोलनका क्रममा निर्दोष युवामाथि गोली चलाउने आदेश दिएको भन्दै दुवैजनालाई तत्काल पक्राउ गरी अनुसन्धान गर्न माग गरेका हुन्। उनीसँगै हामी नेपालका कार्यकर्ता पनि भद्रकाली पुगेका थिए ।

ADVERTISEMENT

सरकारले भदौ २३ र २४ को घटनाको अनुसन्धान र छानबिन गर्न पूर्वन्यायाधीश गौरीबहादुर कार्कीको संयोजकत्वमा जाँचबुझ आयोग गठन गरेको छ । आयोगले आफ्नो काम तीव्र पारेको छ । तर गुरुङसहितका युवा भने ओली र लेखकलाई तत्काल पक्राउ गर्न माग गर्दै प्रधानमन्त्री सुशीला कार्की र प्रहरी कार्यालय पुगिरहेका छन् ।

ADVERTISEMENT

सुधन सोमबार पनि काठमाडौं प्रहरी परिसर उजुरी बोकेर पुगेका थिए । तर प्रहरीले जाँचबुझ आयोगले काम गरिरहेकाले उजुरी दर्ता गर्न ठाडै अस्वीकार गरेको थियो । त्यसपछि गुरुङले सडकबाटै देखाइदिने धम्की दिएका थिए । जसलाई लिएर प्रहरीले आपत्ति जनाएको छ । हामी नेपाल एनजिओको धम्कीपछि अहिले सडक र सार्वजनिकस्थलमा सुरक्षाकर्मीको संख्या बढाइएको छ ।