काठमाडौं, वैदेशिक रोजगार विभागले यस वर्षको दशैं बिदामा पनि श्रमिकहरूको सुविधा लक्षित गर्दै श्रम स्वीकृति जारी गर्ने व्यवस्था मिलाएको छ।

दशैं बिदाका दिनहरूमा वैदेशिक रोजगारीका लागि भिसा भइसकेका तथा हवाई टिकट काटिसकेका श्रमिकलाई आवश्यक श्रम स्वीकृति दिनुपर्ने अवस्था आउने भएकाले विभागले विशेष कर्मचारी व्यवस्थापन गरेको हो।

ADVERTISEMENT

यसका लागि विभागले एक जना उपसचिवसहित सात जना कर्मचारीलाई खटाउने व्यवस्था मिलाएको छ। यी कर्मचारीहरूले बिदाका दिन कार्यालय उपस्थित भई अनिवार्य अवस्थामा पर्ने श्रमिकलाई श्रम स्वीकृति उपलब्ध गराउनेछन्।

ADVERTISEMENT

विभागका अनुसार, “दशैंजस्ता चाडपर्वका समयमा श्रमिकले श्रम स्वीकृति नपाउँदा भिसा र टिकट खर्चमा ठूलो जोखिम पर्न सक्ने भएकाले यो कदम चालिएको हो। यस विशेष व्यवस्थाले श्रमिकलाई विदेश यात्रामा सहजता दिनेछ।”

वैदेशिक रोजगारीमा जाने नेपाली श्रमिकहरूको ठूलो संख्याले चाडपर्वपछि यात्रा तय गर्ने भएकाले यो पहललाई समयोचित कदमका रूपमा लिइएको विभागले जनाएको छ।

ADVERTISEMENT