काठमाडौं । बडा दशैंको सातौं दिन सोमबार फुलपाती धुमधामका साथ मनाइँदैछ । यतिबेला काठमाडौंका प्रमुख नाका क्षेत्रमा उपत्यका छाड्नेहरूको चहलपहल बढेको छ ।
गोंगबु बसपार्क, कलंकी, कोटेश्वर, जडिबुटी क्षेत्रमा बस कुर्नेहरुको भीड लाग्ने गरेको छ । आजको दिन काठमाडौं छाडेर आफ्नो आफ्नो गन्तब्यतिर लाग्ने सवारीसाधनको चापको कारण बिहानैदेखि काठमाडौँका विभिन्न नाका अस्तव्यस्त देखिन्छन्।
आजदेखि सरकारी र निजी कार्यालय बिदा हुने भएकाले घर जानेको भीड लाग्ने गरेको हो ।






