काठमाडौँ । जेनजी पुस्ताले गरेको आन्दोलनका क्रममा गत  भाद्र २४ गते तोडफोड र आगजनी भै क्षतिग्रस्त भएको कोटेश्वर प्रभागको पुनर्निर्माण गरि त्यहाँ कार्यरत प्रहरीहरुलाई पुनस्थापना गराइएको छ ।

ADVERTISEMENT

बिहीबार पूजाआजा समेत गरी प्रहरीहरुलाई पुनर्स्थापित गराइएको हो । सो अवसरमा प्रहरीहरुलाई मालाले सम्मान गरिएको थियो । साथै दिवंगत प्रहरीलाई श्रद्धाञ्जली व्यक्त गरिएको थियो ।

ADVERTISEMENT

आन्दोलनका क्रममा देशका सयौं प्रहरी कार्यालय जलाइएका थिए । जलाइएका चौकीहरु स्थानीय र अन्य दाताको सहयोगमा धमाधम पुनर्स्थापित भइरहेका छन् ।