काठमाडौं । वरिष्ठ अधिवक्ता डाक्टर सुरेन्द्र भण्डारीको नेतृत्वमा नयाँ पार्टी खुल्ने भएको छ । ‘नेपाल नागरिक पार्टी’ नाम राखिएको छ ।

पार्टी दर्ताका लागि बिहीबार निर्वाचन आयोगमा निवेदन दिने तयारी रहेको पार्टीको तदर्थ समितिका संयोजक डाक्टर भण्डारीले जानकारी दिए । ४१ देखि ५१ सदस्य केन्द्रीय समिति रहनेगरी निवेदन दिने तयारी रहेको उनले बताए ।

ADVERTISEMENT

पार्टीमा अमृत खरेल, डा। दमनध्वज साउद, लेलिन विष्ट, डा.कमल किरण कटुवाल, डा। महेन्द्रजंग शाह, नुर मोहम्मद मिया, डा. राजेन्द्रप्रसाद न्यौपाने, राजेश काफ्ले, डा। सञ्जय खतिवडालगायत पार्टीमा रहने उनले जानकारी दिए ।

ADVERTISEMENT

भ्रष्टाचारविरुद्ध ‘नेपालका लागि नेपाली’ अभियान चलाएका भण्डारीले यसअघि पनि पार्टी खोल्ने तयारी गरेका थिए । भ्रष्टाचारविरुद्ध उनको नेतृत्वमा भएको अभियान चर्चित भएको थियो ।

अभियानमाथि चितवनमा माओवादी र काठमाडौंमा एमालेनिकटको युवा संघ नेपालले आक्रमण गरेका थिए । त्यतिबेला भण्डारीसहित हालका राप्रपा प्रवक्ता समेत रहेका ज्ञानबहादुर शाही आक्रमणमा परेका थिए ।

ADVERTISEMENT

उक्त आक्रमणपछि शाहीले अभियानै छोडेका थिए । त्यसपछि अभियानका अन्य सदस्यहरू पनि विभिन्न पार्टीतर्फ लागेपछि वरिष्ठ अधिवक्ता भण्डारी भने आफ्नै पेसा र भ्रष्टाचारविरुद्धको वकालतमा सीमित भएका थिए ।

अहिले पढेलेखेका र देशका लागि केही गरौँ भन्ने हुटहुटी बोकेका युवाको टिम लिएर राजनीतिक पार्टी दर्ता हुन लागेको उनले जानकारी दिए ।