काठमाडौं । केही दिनमै नेपालमा दशैंको माहोल सुरु हुँदैछ । जेनजी आन्दोलनले देश अहिले शोकाकुल अवस्थामा रहे पनि विस्तारै घाउको चोट पुरिँदै जानेछ । एक साताको बन्दपछि सिनेमा हल खुल्न थालेका छन् ।

यसपटकको दशैंमा दर्शकहरूले डार्क कमेडी जनराको ‘हरिबहादुरको जुत्ता’ पनि हेर्न पाउने भएका छन् । निर्देशक दीपेन्द्र के खनालको निर्देशनमा बनेको ‘हरिबहादुरको जुत्ता’ को मुख्य कलाकारमा हरिवंश आचार्य रहेका छन् । कलाकार आचार्यले रिलिजको दिन नजिकिँदै जाँदा आफू उत्साहित बनेको बताएका छन् ।

ADVERTISEMENT

टेलिभिजनको पर्दामा ‘हरिबहादुर’ पात्र निकै चर्चित छ । त्यसलाई स्थापित गर्ने काम कलाकार आचार्यले नै गरेका हुन् । धेरै वर्षदेखि त्यही पात्रलाई उत्तिकै प्रेम मिलिरहेकाले अझ परिस्कृत ‘हरिबहादुर’ बनेर आएकाले दर्शकले मन पराइदिने कलाकार आचार्यको विश्वास छ ।

ADVERTISEMENT

‘टेलिभिजनको पर्दामा धेरै वर्ष तपाईहरुले हरिबहादुर पात्रलाई हेर्नुभयो। यो पात्रलाई धेरै वर्षदेखि उस्तै प्रेम मिलिरहेको छ। भिन्न पुस्ताका दर्शकले यो पात्रलाई आफैसंग जीवन्त पारिदिनुभएको छ। अब यो पात्र चलचित्रको पर्दामा आउँदैछ। हरिबहादुरको यो नयाँ यात्रालाई लिएर हरिवंश आचार्य पनि तपाई जस्तै उत्साहित रहेको छु । यो पटक हरिबहादुर अझ परिष्कृत भएर तपाईको सिनेमा हलसम्म आउँदैछ। पर्दामा योपटक तपाईसंगै बसेर हरिबहादुरको जुत्ता हेर्न आतुर छु,’ कलाकार आचार्यले भनेका छन् ।

दशैको फूलपाती (असोज १३ बाट) देशविदेशमा एक साथ प्रदर्शनमा आउने चलिचत्रमा स्वस्तिमा खड्का, प्रकाश सपुत जस्ता चर्चित कलाकारको अभिनय देख्न सकिन्छ ।

ADVERTISEMENT