काठमाडौं। नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीले शनिवार जेनजी युवाहरूको प्रदर्शनका घाइतेहरूलाई ट्रमा र सिभिल अस्पताल पुगेर भेटेकी छन ।
शुक्रबार राति प्रधानमन्त्रीमा नियुक्त भएकी कार्की उपचाररत घाइतेहरूलाई भेट्न मीनभवनमा रहेको सिभिल अस्पताल पुगेर भेट गरेकी छन ।
यस्तै वीर अस्पतालको ट्रमा सेन्टर अनि बानेश्वरको सिभिल अस्पतालमा उपचाररत घाइतेहरूलाई भेट्न भेटकी छन ।
जेनजी आन्दोलनमा अहिलेसम्म ५१ जनाको ज्यान गएको छ । सयौं घाइतेहरूको अस्पतालमा उपचार भइरहेको छ ।










