काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघले निर्वाध रूपमा पेसा व्यवसाय सञ्चालन गर्न आह्वान गरेको छ । जेनजी आन्दोलनका क्रममा भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै महासंघले सुशासन, भ्रष्टाचार नियन्त्रण, वाक स्वतन्त्रता, मर्यादित रोजगारी, स्वरोजगारी, राजश्वको सदुपयोगलगायतका विषयमा युवा पुस्ताले चासो देखाएकोमा स्वागत गरेको छ ।
यसका लागि विकसित घटनाक्रमको विवेकपूर्ण अवतरण भई युवा पुस्ताको चाहनाबमोजिम समुन्नतिको यात्रामा देश अगाडि बढने अपेक्षा महासंघले गरेको छ । ‘देशको समुन्नतिका लागि अन्यौल अन्त्य भएर शुसासन कायम गर्ने कार्यमा महासंघ समन्वय एवं सहकार्य गर्न तयार छ । नवनिर्माण एवं पुर्ननिर्माणका लागि आगामी दिनमा आवश्यक पर्ने बजेटको मुख्य स्रोत निजी क्षेत्र रहेको हुँदा उद्यम व्यवसायको निर्वाध संचालन गर्न आवश्यक शान्ति सुरक्षाको व्यवस्थाका लागि महासंघ आग्रह गर्दछ,’ विज्ञप्तिमा भनिएको छ ।
महासंघ सबै जिल्ला र एक सयभन्दा बढी पालिकाहरुमा सदस्य उद्योग वाणिज्य संघहरुमार्पmत उपस्थिति छ । जिल्ला, नगर, वस्तुगत, एसोसिएट लगायतका सदस्यतामार्पmत महासंघले देशभरका करिब ६ लाख साना मझौला एवं ठूला उद्योगी व्यवसायीको प्रतिनिधित्व गर्दछ ।
पछिल्लो घटनाक्रममा कतिपय उद्यमी व्यवसायीको उद्योग, प्रतिष्ठान, कार्यालय एवं निवासमा समेत तोडफोड एवं आगजनीका घटना भएका छन् । व्यक्तिगत एवं व्यावसायिक सम्पत्तिमाथि भएका तोडफोडका घटनाको महासंघले निन्दा गरेको छ । साथै, महासंघले व्यवसायिक एवं व्यक्तिगत सम्पत्तिमाथि आगामी दिनमा आक्रमण नहुने सुनिश्चितताको लागि सम्पूर्ण सबैको ध्यानाकर्षण गराएको छ ।
उद्योग व्यवसाय प्रतिष्ठानमा मुलुकभर नै अर्बौ रुपैया बराबरको क्षति भएको छ । यसबारे महासंघले थप विवरण संकलन गरिरहेको भएता पनि क्षतिका कारण राजश्व र कुल गार्हस्थ्य उत्पादनमै गम्भीर असर पर्ने प्रारम्भिक आंकलन गरिएको छ ।
यसैगरी निजी क्षेत्रका गतिविधि निर्वाध रुपमा सञ्चालन हुन नसकेमा अर्थतन्त्रमा थप समस्या हुने र आगामी दिनमा राजश्वमा समेत नकारात्मक प्रभाव पर्न जाने भन्दै महासंघले सर्वप्रथम आमसर्वसाधारण तथा उद्यमी व्यवसायले निर्वाध रुपमा पेशा व्यवसाय गर्न पाउने सुनिश्चितताका लागि सुरक्षा प्रदान गरिदिन हुन आग्रह गरेको छ ।
महासंघले निषेधाज्ञा एवं कप्mयुका सामयमा पनि अत्यावश्कीय सेवा तथा पेशाकर्मीहरुको आवतजावत एवं वस्तुहरु जस्तै औषधि, खाद्यान्न, दुध, पानी फलपूmल तरकारी, पेट्रोलियम पदार्थ आदिको ओसार पसार सहजीकरणका लागि पनि आग्रह गरेको छ ।
यसैगरी गुणस्तरीय सामानको नियमित आपूर्ति गरी बजारमा अभाव सिर्जना हुन नदिनेतर्पm देशैभरका सबै उद्यमी व्यवसायीहरुमा महांघले आग्रह गरेको छ ।
।





