काठमाडौं । काठमाडौंको नक्सालमा रहेको पाँचतारे हिल्टन होटेलमा लगाइएको आगो अझै नियन्त्रणमा आउन सकेको छैन ।
मंगलबार जेनजी आन्दोलनकर्ताले होटेलमा आगजनी गरेका थिए । तर २४ घन्टासम्म पनि नियन्त्रण गर्न नसकिएको हिल्टन होटल अहिले पनि जलिरहेको छ ।
हिल्टन होटेलमा कांग्रेस सभापति शेरबहादुर देउवा पुत्र जयवीरसिंह देउवाको लगानी रहेको भन्दै आगो लगाइएको हो । तर हिल्टनले जयवीरको लगानी त के सेयर पनि नरहेको भन्दै धेरै अघि खण्डन गरिसकेको हो ।
जेनजीका नाममा हिल्टन होटेलमा लगाइएको आगोले अर्र्बौका भौतिक संरचना मात्र नष्ट भएको छैन, नेपालको पर्यटन क्षेत्र धराशयी बन्ने बाटोमा गएको छ । आन्दोलनका क्रममा भाटभटेनीका सबै आउटलेटमा आगजनी गरिएको छ । बालुवाटारस्थित कांग्रेस नेता राजेन्द्र बजगाईको वर्णवास होटेल पनि जलाइएको छ ।







