काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आंशिक खुला भएको छ । दक्षिणतर्फबाट आउने उडान अस्थायी रूपमा प्रभावित भए पनि विमानस्थल पूर्णरूपमा बन्द नभएको नेपाल नागरिक उड्डयन प्राधिकरणले जानकारी दिएको छ ।

त्रिभुवन विमानस्थलका सहायक प्रवक्ता ज्ञानेन्द्र भुलले भने, ‘दक्षिणतर्फको फ्लाइट पाथमा धुवाँका कारण दृश्यता कम हुँदा त्यहाँबाट हुने आगमन रोकिएको हो। तर, अन्य सबै सञ्चालन भने सामान्य छ।’

उनका अनुसार उडान आगमन तथा प्रस्थान नियमित रूपमा जारी छ र यात्रुहरूलाई कुनै समस्या नभएको स्पष्ट गरिएको छ।
ब्द्ध एयरले भने जेनजी आन्दोलनका कारण उडान व्यवस्थापन मिलाउन नसकिएको र यात्रु सुरक्षालाई ध्यानमा राखेर आजको सबै आन्तरिक उडान रद्द गरेृको छ । बुध्द एयरले आजको लागि तय भएका सबै उडान रद्द गरेको हो ।

ADVERTISEMENT

बुध्द एयरका सञ्चार संयोजक दीपेन्द्र कर्णका अनुसार यात्रुको सुरक्षालाई प्राथमिकता दिनुपरेको र असहज परिस्थितिका कारण उडान बन्द गर्नुपरेको हो । उनले भने, ‘अस्वाभाविक एवं गम्भिर परिस्थिति तथा सुरक्षाका कारण आजका सम्पूर्ण उडान स्थगन एवं रद्द गरिएको छ ।’

ADVERTISEMENT