काठमाडौँ । मिस होस्टल नेपाल-२०२५ को उपाधि यहाना श्रेष्ठले प्राप्त गरेकी छन् ।

काराओके इन्टरटेन्मेन्ट प्रालिले होस्टल व्यवसायी संघको सहकार्यमा गत साउन २५ गतेदेखि बुधबारसम्म सञ्चालन गरेको प्रतियोगितामा प्लाटिनम गल्र्स होस्टल डिल्लीबजारकी छात्रा यहाना श्रेष्ठ प्रथम भएकी हुन् ।
दोस्रोमा सेन्ट्रल गल्र्स होल्टल पुतलीसडककी छात्रा वन्दना खरेल र तेस्रोमा श्रीया गल्र्स होस्टल बुद्धनगरकी छात्रा स्वर्णिमा सापकोटा भएकी छन् ।

ADVERTISEMENT

प्रथम, द्वितीय र तृतीय हुने छात्राहरुलाई क्रमशः एक लाख, ५० हजार र २५ हजार नगदसहित ताज, गिफ्ट ह्याम्पर तथा होस्टलबाट छात्रावृत्तिसमेत प्रदान गरिएको छ । प्रथम हुने श्रेष्ठलाई एभरेष्ट अस्पताल नयाँबानेश्वरले सद्भावना दूत नियुक्त गरेको छ ।

ADVERTISEMENT

मिस कोशी सुहाना मादेन लिम्बू, मिस मधेस खुस्बु खातुन, मिस बागमती रश्मीता शाक्य, मिस गण्डकी सुजाता बस्नेत, मिस लुम्बिनी स्वर्णिमा सापकोटा, मिस कर्णाली कविताकुमारी भण्डारी र मिस सुदूरपश्चिको उपाधि वन्दना खरेलले प्राप्त गरेका छन् ।

अस्मिता महराले मिस कन्फिडेन्ट, याहान श्रेष्ठले मिस डिसिप्लिन, युनिशा थापाले मिस फोटोजेनिक, ऋतु बुढाथोकीलले मिस काइन्डहर्ट र सरीता शाहले मिस फेन्डसिपको उपाधि प्राप्त गरेका छन् ।

ADVERTISEMENT

होस्टल व्यवसायी संघका अध्यक्ष सुनिल भेटवालले यस्तो कार्यक्रमले होस्टेलमा बसेर अध्ययन गरिरहेका विद्यार्थीलाई हौसला प्रदान गरेको भन्दै आगामी दिनमा पनि यस्ता कार्यक्रमलाई निरन्तरता दिने बताए ।
होस्टलमा पढिरहेका विद्यार्थीहरुको उच्च शिक्षाको लागि तथा लुकेको प्रतिभा प्रष्फुटन गराउने उद्देश्यले पहिलोपटक उक्त प्रतियोगिता आयोजना गरेको काराओके इन्टरटेन्मेन्टको प्रमुख खगेश रञ्जीतले जानकारी दिए ।