थियानजिन । प्रधानमन्त्री केपी ओली र कम्बोडियाका प्रधानमन्त्री डा.सोमदेक मोहा बोरभोर तिपाहदे हुन महानेटबीचसँग भेटवार्ता भएको छ ।
सांघाई सहयोग संगठन (एससिओ) को शिखर सम्मेलनका क्रममा चीनको थियानजिनमा रहेका ओलीले उनका कम्बोडिया समकक्षी महानेटसँग दुईपक्षीय कुराकानी गरेका हुन् ।
भेटका अवसरमा दुई देशबीचको सम्बन्ध, व्यापार र लगानीका क्षेत्रहरुको विस्तारलगायत विषयमा छलफल भएको थियो । उनीहरूबीच उच्चस्तरीय भ्रमणको आदानप्रदान गर्ने विषयमा पनि छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
भेटमा पूर्वउपप्रधानमन्त्री एवं प्रतिनिधिसभाका सदस्य पूर्णबहादुर खड्का, शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्त, संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डे, पूर्वमन्त्री एवं प्रधानमन्त्रीको आर्थिक तथा विकास सल्लाहकार डा.युवराज खतिवडा, पूर्वमन्त्री एवं प्रतिनिधिसभाका सदस्य छविलाल विश्वकर्मा, परराष्ट्र मन्त्रालयका सचिव अमृतबहादुर राईलगायत सहभागी थिए ।







