काठमाडौँ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । निगमले सोमबारदेखि लागु हुने गरी डिजेल\मट्टितेल प्रतिलिटरमा चार रुपैयाँ हवाई इन्धन आन्तरिकमा एक रुपैयाँ र हवाई इन्धन अन्तराष्ट्रिय तर्फ प्रतिकिलोलिटर ७ अमेरिकी डलरले घटाएको छ ।
पेट्रोल र खाना पकाउने एलपी ग्यासमा मूल्य यथावत राखिएको निगमले जनाएको छ ।
अब बजारमा डिजेल\मट्टितेल प्रतिलिटर १४५ रुपैयाँ, हवाई इन्धन आन्तरिक लटरमा १२७ र अन्तराष्ट्रियमा प्रतिकिलोलिटर ७५९ अमेरिकी डलर पुुगेको छ ।
पेट्रोल लिटरमा १६० रुपैयाँ र ग्यास प्रतिसिलिन्डर एक हजार ९१० रुपियाँ रहेको छ । आइतबार इन्डियन आयल कर्पाेरेशन(आइओसी)ले पठाएको नयाँ मूल्य अनुसार डिजेल लिटरमा ३ रुपैयाँ ९६ पैसा र हवाई इन्धन एक रुपैयाँ ४८ पैसा घटेर आएको थियो ।
आइओसीले पठाएको मूल्य घटेर आएकाले स्थानीय बजारमा मूल्य घटाइएको निगमले जनाएको छ ।
निगमले अन्तराष्ट्रिय बजारको आधारमा स्थानीय बजारमा पेट्रोलियम पदार्थको मूल्यमा समायोजन गर्ने गरेको छ ।






