काठमाडौँ । आज उपत्यकामा बिहानै देखि झरी परिरहेको छ । झरीका कारण जनजीवन समेत प्रभावित भएको छ ।
बङ्गालको खाडीबाट जलवाष्पयुक्त हावाको प्रभाव बढेपछि काठमाडौं उपत्यका लगायत देशका केही भागमा मनसुन सक्रिय भएको छ भने जल तथा मौसम विज्ञान पूर्वानुमान महाशाखाका अनुसार हाल मनसुन न्यूनचापीय रेखाको सरदर स्थानको आसपासमा अवस्थित रहेको जनाएको छ ।

आज दिउँसो देशभर बदली हुने छभने सबै प्रदेशका पहाडी भेगमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । साथै कोशी, गण्डकी र सुदूरपश्चिम प्रदेशका केही भागमा भारी वर्षाको सम्भावना छ ।

महाशाखाले वर्षाका पहिरो तथा गेग्रान बहाव डेब्रिज फ्लोको जोखिम रहेको, ठूला तथा साना नदीनाला र खोलाहरूमा पानीको सतह बढ्न सक्ने तथा यातायात क्षेत्र प्रभावित हुनसक्ने प्रक्षेपण गर्दै सबैलाई सतर्क रहन तथा पूर्वतयारी गर्न अनुरोध गरेको छ ।