म्याग्दी । म्याग्दी, मुस्ताङ, बागलुङ र पर्वत जिल्लामा सञ्चालित राष्ट्रिय कृषि आधुनिकीकरण परियोजनाको सहयोगमा दुई वटा फलफूल चिस्यानगृह निर्माण भएका छन् ।

परियोजनाले  १५ लाखको लागतमा बागलुङ नगरपालिका–१० भकुण्डे र मुस्ताङको वारागुङ मुक्तिक्षेत्र गाउँपालिका–१ झारकोटमा त्यति नै रकम खर्चेर चिस्यानगृह निर्माण गरेको हो ।

दुवै चिस्यानगृहमा १० मेट्रिक्टन फलफूल भण्डारण गर्न सकिने परियोजनाका कृषि अधिकृत विक्रम बस्यालले बताए । म्याग्दी, मुस्ताङ, बागलुङ र पर्वतमा प्रशस्त स्याउ र सुन्तला उत्पादन हुने भएकाले प्राथमिकताका साथ चिस्यानगृह निर्माण गरिएको हो ।

ADVERTISEMENT

परियोजनाले रु। आठ लाख अनुदान दिएर पर्वतको जलजला गाउँपालिका–१ बाँसखर्कमा सुन्तला सङ्कलन केन्द्र निर्माण गरेको छ ।

ADVERTISEMENT

परियोजनाका अनुसार बेनी, बागलुङ नगरपालिका, काठेखोला, मङ्गला, रघुगङ्गा, अन्नपूर्ण र जलजला गाउँपालिकामा सुन्तला, मुस्ताङको २२ वटा वडामा स्याउ, म्याग्दीको छ वटै पालिकामा बङ्गुर, मुस्ताङको लोमान्थाङ, लोघेकर दामोदरकुण्ड र वारागुङ मुक्तिक्षेत्र गाउँपालिकामा च्याङग्रा जोन लागू भएको छ ।
यसैगरी म्याग्दीको अन्नपूर्णको सबै वडा, रघुगङ्गाका वडा ५, ६, ७, ८ र बेनी नगरपालिकाको १० नम्बर वडा मुस्ताङको सबै क्षेत्रमा आलु जोन लागू भएको छ ।

ADVERTISEMENT

सुन्तला, स्याउ, आलु, च्याङग्रा र बङ्गुरको व्यावसायिक पालनका साथै कृषि उत्पादन तथा प्रशोधन केन्द्र (जोन) कार्यक्रम लागु भएका स्थानका किसानलाई चिस्यानगृह, फलफूल प्रशोधन, कृषि उपकरण, साना सिँचाइ, नर्सरी स्थापना, गोठ सुधारका लागि गत आर्थिक वर्षमा रु।

दुई करोड ९२ लाख १६ हजार अनुदान वितरण गरेको कृषि अधिकृत बस्यालले बताए ।