चितवन । चाडपर्व सुरु भएसँगै अण्डा खपत बढेको छ । उत्पादन घटेको र माग बढेपछि अण्डाको मूल्यसमेत बढेको छ ।

नेपाल अण्डा उत्पादक सङ्घले अण्डाको समर्थन मूल्य बढेको जनाएको छ । विभिन्न फार्महरूको दररेटका आधारमा समर्थन मूल्य तय गरिएको हो ।

सङ्घका अध्यक्ष विनोद पोखरेलका अनुसार आगामी बिहीबारदेखि लागू हुने गरी ठूलो अण्डाको मूल्य प्रतिक्रेट ३० वटा र ५४५ र मझौला अण्डाको र ५३० रुपैयाँ कायम गरिएको छ । यससँगै खुद्रा बजार मूल्य प्रतिगोटा २३ रुपैयाँ कायम गरिएको छ ।

ADVERTISEMENT

नेपालमा हाल अण्डाको औसत लागत मूल्य प्रतिगोटा १६.५६ रुपैयाँ रहेको छभने नयाँ मूल्यअनुसार किसानले ठूलो अण्डाको प्रतिगोटा १८.१६ रुपैयाँमा पाउने भएका छन् । लामो समयदेखि लागत मूल्यसमेत नपाएका किसानले राहत महसुस गरेका छन् ।

ADVERTISEMENT

यसवर्ष साउन महिनामासमेत माग नघटेको र क्रमशः अण्डाको मूल्य बढ्दै जाने अध्यक्ष पोखरेलले बताए । अहिले लागत मूल्य पाए पनि धेरै किसान विस्थापित भइसकेका छन् । उहाँले हाल कुखुरा पालिरहेका किसानसमेत विगतको नोक्सानका कारण सङ्कटमा रहेको बताए।

ADVERTISEMENT

नेपाल अण्डा उत्पादक सङ्घका पूर्व केन्द्रीय अध्यक्ष त्रिलोचन कँडेलले दैनिक ४० लाखभन्दा बढी अण्डा उत्पादन हुने गरेकामा हाल २२ लाखको हाराहारीमा झरेको जानकारी दिए।