काठमाडौं । थाइल्यान्डको बैंककमा पाँचौं अन्तर्राष्ट्रिय युवा फोरम सम्पन्न भएको छ । संयुक्त राष्ट्रसंघको एसक्याप हलमा आयोजित सम्मेलनमा काठमाडौं महानगर प्रतिनिधिसँगै २५ जनासँगै विभिन्न ६२ देशबाट ३५० भन्दा बढी प्रतिनििधि सहभागी थिए ।

सम्मेलनमा जलवायु परिवर्तन, नैतिक कृत्रिम बुद्धिमत्ता, लैंगिक समानता, शिक्षा–नवप्रवर्तन, मानव अधिकार प्रवर्द्धन र वैश्विक साझेदारीलाई मुख्य एजेन्डा बनाइएको थियो। सम्मेलनमा विश्वभरका युवा, नीति–निर्माता, राजदूत, मानवअधिकार कार्यकर्ता तथा विभिन्न अन्तर्राष्ट्रिय संस्थाका प्रतिनिधिहरू सहभागी भएका थिए।

ADVERTISEMENT

सम्मेलनमा युवाहरूले सामना गरिरहेका चुनौती शान्ति र मानवअधिकार, लैंगिक समानता, वातावरणीय संकट, जलवायु परिवर्तन, सामाजिक समावेशीकरण तथा दिगो विकास लक्ष्य कार्यान्वयन जस्ता महत्वपूर्ण विषयलाई केन्द्रमा राखी छलफल गरिएको थियो।

ADVERTISEMENT

सस्टेनेबल डेभलपमेन्ट काउन्सिलद्वारा आयोजित र संयुक्त राष्ट्रसंघका निकायहरू, सरकारका प्रतिनिधिहरू तथा नागरिक समाजका अगुवाहरूको सहयोगमा सम्पन्न यो कार्यक्रमले युवा नेतृत्वमा आधारित विश्वव्यापी अभियानमा नयाँ उचाइ थप्यो ।

एशिया, अफ्रिका, युरोप, अमेरिका र प्यासिफिक क्षेत्रका आवाज एकत्रित भई जलवायु परिवर्तन, नैतिक कृत्रिम बुद्धिमत्ता, लैंगिक समानता, र समावेशी शासनजस्ता महत्वपूर्ण विषयमा विचार आदानप्रदान गरियो । २०१७ मा काठमाडौंबाट सुरु भएको अन्तर्राष्ट्रिय युवा फोरम राहुल केसीले सञ्चालन गरेको यस संस्थाले विश्वव्यापी युवा नेतृत्वको मञ्च बन्न सफल भएको वर्षको बिभिन्न देशका राजदूतको भानाइ छ ।