काठमाडौं । श्रीलंकाका पूर्वराष्ट्रपति रनिल विक्रमसिंघे पदमा रहँदा सरकारी सम्पत्ति दुरुपयोग गरेको आरोपमा पक्राउ परेका छन् ।
विक्रमसिंघे राष्ट्रपति हुँदा लन्डनको व्यक्तिगत भ्रमणका लागि राज्य कोषको दुरुपयोग गरेको आरोपमा पक्राउ गरिएको श्रीलंकन मिडिया डेलिमिररले उल्लेख गरको छ ।
विक्रमसिंघे शुक्रबार बिहान वित्तीय अपराध अनुसन्धान विभागमा बयानका लागि पुगेको समयमा पक्राउ गरिएको बताइएको छ । यस विषयमा विस्तृत विवरण आउन बाँकी छ ।




