काठमाडौं । दक्षिण अमेरिकाको तट नजिकै ७.५ म्याग्निच्युडको भूकम्प आएको छ। अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूका अनुसार, हालसम्म कुनै क्षतिको जानकारी प्राप्त भएको छैन।

अमेरिकी भूगर्भ सर्वेक्षण संस्था (यूएसजीएस )का अनुसार यो भूकम्पको केन्द्र अर्जेन्टिनाको दक्षिणतर्फ रहेको ड्रेक पैसेज नजिकै १०.८ किलोमिटर गहिराइमा गएको थियो।

चिलीको नेभी हाइड्रोग्राफिक तथा ओसनोग्राफिक सर्विसले पूरा अन्टार्कटिका क्षेत्रमा सुनामीको चेतावनी जारी गरेको छ। तर यसको मूल्याङ्कन भइरहेको बताइएको छ।

ADVERTISEMENT

यसअघि पनि मे २०२५ मा यसै क्षेत्रमा ७.५ म्याग्निच्युडको भूकम्प गएको थियो। गत जुलाई ३० मा रसियाको पूर्वी प्रायद्वीप कामचाट्कामा विश्वकै छैटौँ ठूलो भूकम्प गएको थियो। यसको तीव्रता ८.८ म्याग्निच्युड थियो। यसका कारण कामचाट्कामा ५ मिटर उचाइसम्मको सुनामी आएको थियो।

ADVERTISEMENT

भूकम्पको कारण धेरै भवनहरूमा क्षति पुगेको थियो। यसको केन्द्र जमिनमुनि १९.३ किलोमिटरको गहिराइमा थियो। भूकम्पपछि रसिया, जापान, अमेरिका र दक्षिण अमेरिकाका तटीय क्षेत्रमा सुनामीको चेतावनी जारी गरिएको थियो। ती क्षेत्रमा हल्का सुनामीका छालहरू देखिएका थिए।

ADVERTISEMENT