काठमाडौं । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले हमासको कब्जामा रहेका बाँकी सबै बन्धकलाई मुक्त गर्न तत्काल वार्ता सुरु गर्न निर्देशन दिएका छन् ।

नेतन्याहुले बिहीबार इजरायली सैनिकहरूलाई सम्बोधन गर्दै क्याबिनेटले गाजा सिटी नियन्त्रणमा लिन ठूलो आक्रमणको योजना पनि स्वीकृत गरिसकेको जानकारी दिए ।

ADVERTISEMENT

कतार र इजिप्टको मध्यस्थतामा हमासले हालै ६० दिने युद्धविराम प्रस्ताव स्वीकार गरे पनि नेतान्याहुले त्यसलाई अस्वीकार गर्दै इजरायल सबै बन्धक एकैपटक मुक्त भएपछि मात्रै सम्झौता सम्भव हुने बताएएको बीबीसीले जनाएको छ ।

ADVERTISEMENT

इजरायली अधिकारीका अनुसार वार्ताका लागि ठाउँ निश्चित भएपछि वार्ताकारहरू पठाइने तयारी भइरहेको छ । तर नेतन्याहुले युद्ध अन्त्यको लागि हमासको निशस्त्रीकरण, सीमामा इजरायली नियन्त्रण र गैर–हमास प्रशासन स्थापना हुनुपर्ने सर्त राखेका छन् ।

सन् २०२३ अक्टोबर ७ मा हमासको आक्रमणपछि इजरायलले गाजामा सैन्य अभियान सुरु गरेको हो । त्यस आक्रमणमा १२ को ज्यान गएको थियो भने दुई सय ५१ जनालाई बन्धक बनाइएको थियो । गाजाको स्वास्थ्य मन्त्रालयका अनुसार गाजामा अहिलेसम्म ६२ हजारभन्दा बढी मानिसको ज्यान गइसकेको छ ।

ADVERTISEMENT