काठमाडौँ । बजारमा पेट्रोलको मूल्य बढेको छ भने डिजेल र मट्टितेलको मूल्य घटेको छ । नेपाल आयल निगमले शनिवारदेखि लागु हुने गरी पेट्रोल लिटरमा दुई रुपैयाँ र डिजेल \मट्टितेलको मूल्य लिटरमा एक रुपैयाँले घटाएको हो ।
नयाँ मूल्य अनुसार अब बजारमा पेट्रोल प्रतिलिटरमा १६१ रुपैयाँ र डिजेल\मट्टितेल १४९ रुपैयाँ पुगेको छ । खाना पकाउने एलपी ग्यास र हवाई इन्धनको मूल्य यथावत राखिएको निगमले जनाएको छ ।
शुुक्रबार इन्डियन आयल कर्पाेरेशन (आइओसी)ले पठाएको नयाँ मूल्य अनुसार पेट्रोल लिटरमा २ रुपैयाँ ३३ पैसा बढेर र डिजेलमा एक रुपैयाँ २७ पैसा घटेर आएको थियो ।
सोही अनुसार स्थानीय बजारमा मूल्य समायोजन गरिएको निगमले जनाएको छ । आइओसीले प्रत्येक महिनाको २ पटक मूल्य पठाउने गर्छ । सोही मूल्य अनुसार निगमले स्थानीय बजारमा मूल्य सामायोजन गर्ने गर्छ ।






