काठमाडौं। मुक्तिनाथ विकास बैंकले आर्थिक वर्ष २०८१/८२ को अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ  चौथो त्रैमासिकमा बैंकको पुँजी रू. ७ अर्ब ४ करोड ६९ लाख कायम रह्यो, जुन गत वर्षको समान अवधिसँग तुलना गर्दा स्थिर छ। बैंकको  संचित कोषमा उल्लेखनीय वृद्धि देखिएको छ। गत वर्षको रू. ३ अर्ब १८ करोड ७८ लाखबाट यस वर्ष संचित कोष रू. ३ अर्ब ४६ करोड ७२ लाखमा पुगेको छ जुन अघिल्लो आ.वा. को सोही अवधिको तुलनामा ८.७६प्रतिशतको वृद्धि हो । बैंकको संचित नाफा ६५१% वृद्धि हुँदै रू. १९ करोड ४७ लाखबाट रू. १ अर्ब ४६ करोड २५ लाख पुगेको छ, जसले बैंकको वित्तीय क्षमता अत्यन्त सबल बनेको छ। 

निक्षेप र कर्जाको पोर्टफोलियोमा स्थिर वृद्धि
बैंकको कुल निक्षेप गत वर्षको रू. १ खर्ब ९ अर्ब ७५ करोडबाट बढेर यस वर्ष रू. १ खर्ब १७ अर्ब ४३ करोड पुगेको छ, जुन अघिल्लो वर्षको तुलनामा ६.९९ प्रतिशतको वृद्धि हो। यसै अवधिमा कर्जा तथा अग्रिम ६.१० प्रतिशतले  वृद्धि भई रू. ९१ अर्ब ९० करोडबाट रू. ९७ अर्ब ५१ करोड पुगेको छ। यो वृद्धिले बैंकको कर्जा बजार विस्तार र कर्जा वितरण क्षमतामा थप सुधार हुदै गएको देखाउँछ।

आय र नाफामा उल्लेखनीय वृद्धि
खुद ब्याज आम्दानी  गत वर्षको रू. ४ अर्ब २३ करोडबाट यस वर्ष रू. ४ अर्ब ५५ करोड पुग्दै ७.५ प्रतिशतले   बढेको छ। संचालन नाफामा उल्लेखनीय वृद्धि देखिएको छ जुन ३०.५५ प्रतिशतले बढेर रू. १ अर्ब ७० करोड बाट  रू. २ अर्ब २३ करोड पुगेको छ। खुद नाफामा  पनि ३०.७० प्रतिशतले वृद्धि भई गत वर्षको रू. १ अर्ब १७ करोडबाट यस वर्ष रू. १ अर्ब ५३ करोड पुगेको छ।

ADVERTISEMENT

खर्च नियन्त्रण र जोखिम व्यवस्थापन
कर्मचारी खर्चमा ६.३६प्रतिशतले वृद्धि भए पनि, कोषको लागत २५.०८प्रतिशतले  घटेर ६.५४प्रतिशत  बाट ४.९० प्रतिशतमा झरेको छ, जुन बैंकको सञ्चालन कार्यक्षमता सुधारको प्रमाण हो। साथै,इम्पेरमेन्ट शुल्कमा   २७.५२ प्रतिशतको सुधारले बैंकको जोखिम व्यवस्थापनमा तथा बैंकको गुडविलमा उल्लेख्य  सुधार देखिन्छ।

ADVERTISEMENT

मुख्य वित्तीय सूचकांकहरु
बैंकको पूँजी पर्याप्तता अनुपात (CAR) १२.९९% मा पुगेको छ, जुन नियामक आवश्यकता भन्दा माथि रहेको छ साथै निष्क्रिय कर्जा  (NPL) २.७५ प्रतिशत  पुगेको छ, जुन अघिल्लो वर्षको तुलनामा केही बढेको भए पनि यो अझै नियन्त्रणयोग्य दायरामा छ। बैंकको बार्षिक प्रति शेयर आम्दानी EPS ३०.७० प्रतिशतले बढेर रू. २१.८२ पुगेको छ भने प्रति शेयर नेटवर्थ १४.८३प्रतिशतले  वृद्धि भई रू. १६९.९५  पुगेको छ।

ADVERTISEMENT