काठमाडौँ । मनसुनको न्यून चापीय रेखा पश्चिममा नेपालको तराई आसपास र पूर्वमा तराईभन्दा केही दक्षिणतिर रहेकोले आगामी २४ घण्टा मनसुन नेपालको पूर्वी भूभाग भन्दा पश्चिम नेपालतर्फ बढी सक्रिय रहने देखिन्छ ।

जसको प्रभावले देशभर पूर्णतया बदली रहेको छ। कोशी, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका केही स्थानहरूमा तथा बाँकी प्रदेशका थोरै स्थानहरूमा मध्यम वर्षा भइरहेको छ।

बिहिबार दिउँसो लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशलगायत देशको पहाडी साधरणतया बदली र बाँकी भूभागमा आंशिक बदली रहनेछ। लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी र तराईलगायत देशको पहाडी भूभागका केही स्थानहरूमा र मधेस प्रदेशलगायत देशका बाँकी तराई भूभागका थोरै स्थानहरूमा मध्यम वर्षाको सम्भावना रहेको छ।

ADVERTISEMENT

गण्डकी, लुम्बिनी, सुदूरपश्चिम र कर्णाली प्रदेशको पहाडी भूभागको एक–दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको बिहिबार राति देशको पहाडी भूभागमा साधरणतया बदली र बाँकी भूभागमा आंशिक बदली रहनेछ। गण्डकी प्रदेशको पहाडी तथा तराई लगायत बागमती प्रदेश, लुम्बिनी प्रदेश र कर्णाली प्रदेशको पहाडी भूभागका केही स्थानहरूमा र मधेस प्रदेश लगायत बाँकी पहाडी र तराई भूभागका थोरै स्थानहरूमा मध्यम वर्षाको सम्भावना रहेको  मौसम पुर्वानुमान    महाशाखाले जनाएको छ।

ADVERTISEMENT

गण्डकी, लुम्बिनी, सुदूरपश्चिम र कर्णाली प्रदेशको पहाडी भूभागको एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेकोले भूक्षय, बाढी, पहिरो तथा गेग्रान बहावका साथै, सहरी तथा तराई क्षेत्रहरूमा डुबानको जोखिम रहेकोले आवश्यक सतर्कता अपनाउन मौसम पुर्वानुमान  महाशाखाले अनुरोध गरेको छ ।

ADVERTISEMENT