काठमाडौँ । गायक तथा गीतकार राजु ढकालको स्वर र शब्दमा नयाँ तीज गीत ‘ए आमा’ सार्वजनिक भएको छ।

मातृमायाको गहिरो भावना र छोरा र आमाबीचको आत्मीय सम्बन्धलाई मार्मिक शब्द र आधुनिक लयमा प्रस्तुत गरिएको यो गीत देवी घर्ती मगर अफिसियल २०२५ युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो।

ADVERTISEMENT

गीतको शब्द, संगीत र मुख्य स्वर राजु ढकालकै सिर्जना हो। यसमा अरेन्ज, मिक्सिङ र मास्टरिङको जिम्मेवारी कृष्ण लमिछानेले सम्हालेका छन् । गीतको अडियो निर्माण सुर साधना स्टुडियोमा सम्पन्न भएको हो। अडियो तथा भिडियो दुवैको निर्माण देवी घर्ती मगर अफिसियल २०२५ को प्रस्तुतिमा गरिएको हो।

ADVERTISEMENT

भिडियोतर्फ, निर्देशन विनोद भण्डारीले गरेका छन्। भिडियोमा आमासँगको आत्मीयता, माइतीको सम्झना र पारिवारिक सम्बन्धको संवेदनशील कथालाई दृश्य–सङ्गीतको उत्कृष्ट संयोजनमा प्रस्तुत गरिएको छ। तीजको सांस्कृतिक महत्त्व र आधुनिक प्रवृत्तिको मिश्रणले यो गीतलाई पुराना र नयाँ पुस्ता दुवैका लागि आकर्षक बनाएको छ।

ADVERTISEMENT