काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले कृषि मल व्यवस्थापन र उत्पादन वृद्धि गर्न निर्देशन दिनुभएको छ।

कृषि तथा पशुपक्षी विकासमन्त्री रामनाथ अधिकारी र उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीसहित सम्बन्ध अधिकारीसँग मंगलबार छलफलपछि प्रधानमन्त्री ओलीले तीन दिनभित्र सम्पादन गर्ने गरी बारे तीन बुँदे निर्देशन दिएका हुुन ।

प्रधानमन्त्री ओलीले रासायनिक मल आपूर्तिको व्यवस्था चुस्त दुरुस्त गराउन नयाँ ढाँचासहितको ठोस योजना ल्याउनुपर्ने निर्देशन दिएका छन। यसैगरी कम्पोस्ट र अर्गानिक मलको उत्पादन र प्रयोगका लागि राष्ट्रिय अभियान सञ्चालन तथा यसमा अनुदान नीतिको प्रस्ताव ल्याउन र माटोको उर्बरता बचाउने किसिमको रासायनिक मल कारखाना नेपालमै खोल्न अध्ययनको खाका ल्याउन प्रधानमन्त्री ओलीले निर्देशन दिएका छन।
रासायनिक मलको आपूर्ति व्यवस्था चुस्त दुरुस्त गराउन नयाँ ढाँचासहितको ठोस योजना ल्याउन निर्देशन दिएको कृषि मन्त्रालयले जनाएको छ । बजारमा रासायिनमक मलको अभाव देखिएपछि प्रधामन्त्रीले यस विषयमा सम्बन्धित निकायलाई बोलाएर छलफल गरेका हुुन ।

ADVERTISEMENT

माग अनुसर मलको आपुुर्ति नहुुँदा धान रोपाइ सकिने बेला सम्म पनि किसानले सहज ढंगले मल पाउन सकेका छैन । हाल कृषि सामग्री कम्पनी लिमिटेड र साल्ट्रट्रेडिङ्ग कर्पाेरेशनसँग ३० हजार मेट्रिक टन मल मौज्दात रहेको छ । थप एक लाख ४० हजार मेट्रिक टन मल आउने क्रममा रहेकाले पनि मलको अभाव नहुने मन्त्रालयले बताएको छ । बजारमा माग अनुसार मलको आपूर्ति नहुँदा वर्षेनी किसानले मलको अभाव खेप्ने गरेका छन ।

ADVERTISEMENT