काठमाडौं । इंग्लिस प्रिमियर लिग अब कान्तिपुर म्याक्सबाट प्रत्यक्ष प्रसारण हुने भएको छ । मंगलबार आयोजित एक कार्यक्रममा यससम्बन्धी जानकारी दिइएको हो ।

इग्लिस प्रिमियर लिग विश्व फुटबलकै सर्वाधिक लोकप्रिय लिग हो। इंग्ल्यान्डको घरेलु फुटवल संरचना आफैमा बलियो मात्र छैन्, यो समृद्ध पनि छ। सन् १८८८ देखि इंग्ल्यान्डमा माथिल्लो डिभिजनको फुटबल सुरु भएको थियो। त्यही पहिलो डिभिजनको फुटबलको अहिलेको आधुनिक स्वरूप हो ईपीएल ।

नेपालमा पनि सबैभन्दा बढी लोकप्रिय र टेलिभिजनबाट प्रत्यक्ष हेर्ने लिगमा ईपीएल नै अगाडि रहेको छ। विशेषतः पुराना पुस्तामा ईपीएल निकै लोकप्रिय रहेको छ। नेपालमै पनि लिभरपुलसँगै युनाइटेड, सिटी, आर्सनल, चेल्सीका आधिकारिक फ्यान क्लवहरू छन्। यी क्लबहरूले नियमित रूपमा विभिन्न कार्यक्रम गरिरहेका हुन्छन्।

ADVERTISEMENT

अब यही इपीएल कान्तिपुर म्याक्सबाट प्रत्यक्ष प्रशारण हुनेछ। कान्तिपुर म्याक्सले केही समय अगाडि मात्रै इन्डियन प्रिमियर लिग क्रिकेट र विम्बल्डन टेनिसको प्रशारण गरेको थियो । विश्व खेलकुदका यी दुई ठुला इभेन्ट पहिलोपटक नेपाली टेलिभिजनमा देखाइएको थियो।

ADVERTISEMENT

 

ADVERTISEMENT