काठमाडौँं । जुनियर चेम्बर इन्टरनेसनल (जेसिआई) को आयोजनामा काठमाडौँमा साउथ एसिया बिजनेस एन्ड इन्भेस्टमेन्ट मिट २०२५ सम्पन्न भएको छ ।

नेपालीमा दक्षिण एसियाली लगानी भित्र्याउने र युवा नेतृत्वको क्षमता विकास गर्ने उद्देश्यले बिहीबारदेखि सुरु भएको सम्मेलनमा युवा नेतृत्व विकास, लगानी, उद्यमशीलता र परियोजना व्यवस्थापनसम्बन्धी कार्यशाला, अन्तरसांस्कृतिक आदानप्रदान, ऐतिहासिक एवं विश्वसम्पदा क्षेत्रको भ्रमण, पर्यटन प्रवर्धनलगायतका विशेष सत्र आयोजना गरिएको जेसिआई राष्ट्रिय अध्यक्ष रजनी थापाले जानकारी दिइन ।

अन्तर्राष्ट्रिय युवा सहभागिताबाट उद्योग, लगानी र नवप्रवर्तनको सम्भावना दीर्घकालीन नेटवर्क र क्षेत्रीय साझेदारीको निर्माण भएको उनको भनाई छ । नेपालमा विदेशी लगानी बढाउन र नेपालका युवालाई उद्यममा आकर्षण बढाउन सम्मेलन सफल भएको उनको भनाइ छ ।
व्यापार, लगानी, नेतृत्व विकास, पर्यटन प्रवर्धन, लगानीका नयाँ अवसरको पहिचान र दिगो आर्थिक विकासमा मिलेर योगदान पु¥याउने उद्देश्यसहित आयोजना गरिएको सम्मेलनमा दक्षिण एसियाली व्यावसायिक नेतृत्वबिच नेटवर्किङ, लगानीकर्तासँग प्रत्यक्ष संवाद, क्षेत्रीय आर्थिक विषयमा केन्द्रित विशेष संवाद र छलफल हुनुका साथै सांस्कृतिक सम्पदा क्षेत्रको अवलोकन, नेपाली तथा दक्षिण एसियाली स्टार्टअप र नवप्रवर्तनशील ९इन्टोभेटिभ० सोच र परियोजनाको प्रदर्शन गरिएको छ ।

सम्मेलनमा जेसिआई एसिया प्रशान्तका उपाध्यक्ष मार्क जोसेफ डेभिड, क्षेत्रीय सिनेटर, अन्तर्राष्ट्रिय पदाधिकारी, नेपाल, भारत, बङ्गलादेश र श्रीलङ्काका युवा उद्यमी, लगानीकर्ता र नेतृत्वकर्ता सहभागी रहनुभएको थियो ।