बुटवल । नेपालकै नमूना सामुदायिक क्याम्पस बुटवल कालिका क्याम्पसले विश्वविद्यालय अनुदान आयोग नेपालबाट गुणस्तर सुनिश्चितता तथा प्रत्यायन (क्युएए)प्राप्त गरेको छ।
स्थापनाको  छोटो अवधिमा  क्युएए  प्राप्त गर्ने नेपालको पहिलो सामुदायिक क्याम्पस बन्न सफल भएको हो।

वि.सं २०७०  मा  त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त गरी सालमा स्थापना भएको क्याम्पसले १२ वर्षमा
क्युएए प्रमाणपत्र प्राप्त  गरेको हो । प्रमाणपत्र हस्तान्तरण विश्वविद्यालय अनुदान आयोगको कार्यालय भक्तपुरले गरेको हो।  आयोगका अध्यक्ष प्रा.डा देवराज अधिकारीको अध्यक्षता, त्रिभुवन विश्वविद्यालयका उपकुलपति प्रा. डा दीपक अर्यालको प्रमुख आतिथ्यता रहेको थियो।
आयोग अध्यक्ष देवराज अधिकारीले  भौतिक, शैक्षिक र गुणस्तरका दृष्टिले सम्बन्धन प्राप्त सामुदायिक क्याम्पसहरूमा कालिका क्याम्पस निकै उत्कृष्ट देखिएको जानकारी दिए। अधिकारीका अनुसार क्याम्पसको क्युएए प्रक्रियाको मूल्यांकन प्रा.डा श्रीकृष्ण श्रेष्ठको नेतृत्वमा विज्ञ टोलीले गरेको थियो ।

क्याम्पस सञ्चालक समितिका अध्यक्ष होमबहादुर गलामीले क्युएए प्राप्तिले क्याम्पसको निम्ति ठुलो उपलब्धि भएको बताए । यसले क्याम्पसलाई शिक्षा क्षेत्रमा थप  सशक्त बनाएर अगाडि बढ्न प्रेरणा दिएको बताए ।
यस्तै क्याम्पस प्रमुख घनश्याम पाठकले गुणस्तर अभिवृद्धिको यात्रालाई क्युएए प्रमाणपत्रले थप हौसला दिएको बताए । समुदायिक क्पाम्पस प्रतिको धारणा र  सक्षमता  बढाउन सबैले निरन्तर मेहनतले गर्ने हो शिक्षा क्षेत्रमा अझै प्रगति गर्न सकिने क्याम्पस प्रमुख पाठकले बताए ।

ADVERTISEMENT

हाल कालिका क्याम्पसमा करिब ४ हजार विद्यार्थी अध्ययनरत छन्। स्नातक तहमा  बिबिएस, बिएड, बिसिए र स्नातकोत्तर तहमा  ग्रामीण बिकास, अग्रेजी लगायतका शैक्षिक कार्यक्रमहरू सञ्चालनमा छन् ।

ADVERTISEMENT

क्याम्पसले आगामी दिनमा क्याम्पस मै सीप विकासको कार्यक्रम गर्ने तयारी समेत गरेको छ । कालिका क्याम्पस नेपालकै सामुदायिक क्याम्पस मध्ये सुविधा सम्पन्न क्याम्पस हो ।

ADVERTISEMENT