काठमाडौं । नागरिक उन्मुक्ति पार्टीको राष्ट्रिय भेला सुरु भएको छ । अध्यक्ष रञ्जिता श्रेष्ठलाई पदबाट हटाएको भोलिपल्ट बिहीबार भेला आयोजना गरिएको हो ।

भेलामा पार्टी संरक्षक रेशमलाल चौधरी पक्षका नेता कार्यकर्ता सहभागी छन् । नाउपाको अनुशासन आयोगले बुधबार श्रेष्ठलाई अध्यक्षका साथै पार्टीको साधारण सदस्यसमेत नरहने गरी कारबाही गरेको थियो । त्यसबारे निर्वाचन आयोगलाई जानकारी गराइएको छ । आजको भेलाले नाउपाको नयाँ अध्यक्ष चयन गर्ने नेताहरूको भनाइ छ ।

ADVERTISEMENT

रञ्जिता श्रेष्ठले आफू अस्वस्थ रहेको भन्दै पोखराका शिव बास्तोलालाई कार्यबाहक अध्यक्षको जिम्मेवारी दिएपछि आन्तरिक कलह उत्कर्षमा पुगेको थियो । पोखराको लिचीबारी घुसकाण्डमा श्रेष्ठसँग अख्तियारले बयान लिइसकेको छ ।

अख्तियारलाई बयान दिएपछि रेशम चौधरीलगायत दलका नेताहरुले उनलाई केन्द्रीय कार्यसमिति बैठक राखेर स्पष्टीकरण दिन दबाब दिएका थिए । तर उनले वरिष्ठ नेता बास्तोलालाई कार्यबाहक अध्यक्षको जिम्मेवारी दिएपछि असन्तुष्टि बढेको छ । बास्तोला हालै मात्र राप्रपाबाट आएका हुन् ।

ADVERTISEMENT

नाउपाको अध्यक्ष रेशम चौधरीको बुबालाई मनोनयन गरिने भएको छ । उनी प्रतिनिधिसभा सदस्यसमेत हुन् ।