काठमाडौँ । रियालिटी शो कमेडी नाइट विथ च्याम्पियनका निर्माता तथा निर्देशक विशाल भण्डारीले एक एनआरएनए लगानीकर्ताले आफूमाथि अन्याय गरी कम्पनीलाई नै धरापमा पारेको आरोप लगाएका छन्।

आइतबार सामाजिक सञ्जाल फेसबुकमा लामो स्टाटस लेख्दै उनले एनआरएनए लगानीकर्ताले सम्झौताविपरीत दुई करोड ४० लाख रुपैयाँ असुलेको र निरन्तर मानसिक यातना दिइरहेको सार्वजनिक गरेका हुन्।

ADVERTISEMENT

भण्डारी अनुसार करिब १९ महिनाअघि ती व्यक्तिले ३‍.५ करोड लगानी गरेर शेयर किन्ने सम्झौतासहित कम्पनीमा प्रवेश गरेका थिए। तर, उनले सिजन ३ का लागि तत्काल आवश्यक १.५ करोड मात्र लगानी गरे। सम्झौतामा २४ महिनासम्म लगानी फिर्ता नलैजाने सहमति भए पनि सिजन ३ सकिनासाथ ती व्यक्तिले पैसा फिर्ताका लागि दबाब दिएको भण्डारीको आरोप छ।

ADVERTISEMENT

‘राज्य प्रशासनमा भएको पहुँचको दुरुपयोग गर्दै उनले मेरैविरुद्ध बैंकिङ कसुरमा मुद्दा हालेर मलाई दबाबमा राखी दुई करोड ४० लाख रुपैयाँ असुले,’ उनले लेखेका छन् । भण्डारीले आफूले लगानीभन्दा बढी ९० लाख रुपैयाँ फिर्ता दिनुपरेको लेखेका छन्। यो विवादका कारण कम्पनीको आर्थिक अवस्था संकटमा परेको र कमेडी च्याम्पियन सिजन ३ का विजेतालाई घोषित पुरस्कार गाडी दिन नसकिएको तथा केही कर्मचारीको तलबसमेत रोकिएको उनले उल्लेख गरेका छन्।

भण्डारीले ती लगानीकर्ताले जिल्ला अदालत काठमाडौँ र उच्च अदालत पाटनमा मुद्दाको पेसी सारेर, मिलापत्र गर्न नमानेर तथा कम्पनीको काममा निरन्तर अवरोध गरेर आफूलाई हैरान पारेको बताएका छन्। उनले सरकार, कानुन र न्यायालयसँग आफू र आफ्नो टिममा आश्रित १०० भन्दा बढी कलाकार तथा प्राविधिकको भविष्यका लागि न्याय र काम गर्ने वातावरणको माग गरेका छन्।

ADVERTISEMENT

https://www.facebook.com/bishal.bhandari