काठमाडौं । विदेश भ्रमणमा जाने नेपालीले लैजान पाउने रकमको सीमा बढाएर तीन हजार अमेरिकी डलर पुर्याइएको छ ।
नेपाल राष्ट्र बैंकका गभर्नर डा. विश्वनाथ पौडेलले शुक्रबार आगामी आर्थिक वर्ष २०८/८३ को मौद्रिक नीति सार्वजनिक गर्दै यस्तो घोषणा गरेका हुन् ।
विदेशी मुद्रा सञ्चितिमा विदेशी मुद्रा वृद्धि हुँदै गएपछि राष्ट्र बैंकले सहज नीति ल्याएको हो । हाल यस्तो रकमको सीमा दुई हजार पाँच सय डलर छ ।





