काठमाडौं । नेपाल टेलिकमले मनसुन अफर सार्वजनिक गरेको छ । कम्पनीले बिहीबारदेखि लागू हुने गरी उक्त अफर ल्याएको हो ।

अफरअन्तर्गत विभिन्न आकर्षक प्याकेज तथा सुविधा उपलब्ध गराइने कम्पनीको भनाइ छ । कम्पनीले विशेषगरी शारीरिक तथा मानसिक रूपमा फरक क्षमता भएका व्यक्तिका लागि बोनससहितको प्याकेज ल्याएको छ ।

यसअन्तर्गत सजिलो अनलिमिटेड ६९९ र ७९९ रुपैयाँको प्याकेज लिँदा ३० रुपैयाँ छुटमा पाइनेछ । यो सेवा ग्राहकले आफ्नो मोबाइलका साथै टेलिकमको मोबाइल एपबाट पनि खरिद गर्न सक्नेछन् ।

ADVERTISEMENT

 

ADVERTISEMENT