काठमाडौं । बिहीबार राति दुई घन्टा नेपाल टेलिकमका रिचार्ज सुविधा बन्द हुने भएको छ । सिस्टम मर्मत गर्नुपर्ने भएकाले बिहीबार राति ११ बजेर ५५ मिनेटदेखि करिब दुई घन्टा रिचार्ज सेवा बन्द हुने भएको टेलिकमले जानकारी दिएको छ ।
सो समयमा भने भ्वाइस, एसएमएस, डाटा, आइपीटिभी सेवा यथावत सञ्चालन हुने छ ।
‘नेपाल टेलिकमको ग्राहक सेवा प्रणालीको नियमित मर्मतसम्बन्धी कार्यका लागि मिति २०८२ असार १२ गते राति ११ः५५ बजेदेखि करिब २ घण्टा रिचार्ज सब्सक्रिप्सन सेवा बन्द हुने भएकोले यो सूचना जारी गरिएको छ । उक्त समयमा भ्वाइस, एसएमएस, डाटा, आइपीटिभी सेवा यथावत सञ्चालन हुने व्यहोरासमेत सूचित गरिन्छ । यसबाट ग्राहकवर्गमा पर्न जाने असुविधाप्रति कम्पनी क्षमाप्रार्थी छ,’ टेलिकमले जारी गरेको सूचनामा भनिएको छ ।



