काठमाडौं । रिलायबल नेपाल लाइफ इन्स्योरेन्सको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा पुनः नारायणबाबु लोहनी नियुक्त भएका छन् । कम्पनीको असार १९ गते बसेको सञ्चालक समितिको बैठकले लोहनीलाई पुनः सीइओ नियुक्त गर्ने निर्णय गरेको हो ।
लोहनीको नयाँ कार्यकाल आगामी साउन १८ गतेदेखि सुरु हुने छ। लोहनी यसअघि पनि कम्पनीको प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी सम्हालिरहेका थिए। कम्पनीले उनलाई चार वर्षको लागि सीइओ नियुक्त गरेको हो ।




