काठमाडौं । एसीसी मेन्स यू–१६ ईस्ट जोन कपअन्तर्गतको खेलमा नेपालले भुटानलाई २९८ रनले पराजित गरेको छ। मलेसियामा भएको खेलको पहिलो इनिङ्समा नेपालले निर्धारित ५० ओभरमा पाँच विकेटको क्षतिमा ३५८ रन बनाएको थियो।
नेपालका लागि रौनक श्रीवास्तवले सर्वाधिक १६८ रन बनाएका थिए। जवाफी ब्याटिङ गर्दै भुटान जम्मा ६० रन मात्र बनाउँदा अलआउट भयो। दोस्रो इनिङ्समा नेपालका लागि विपिनप्रसाद शर्माले सर्वाधिक चार विकेट लिए। उनले १० ओभर खेल्दा चार मेडन राख्दै मात्र सात दिएका थिए ।
यस प्रतियोगितामा नेपाल हालसम्म अपराजित छ। उसले केही दिनअघि इन्डोनेसियालाई ३७० रनले पराजित गरेको थियो । मलेसियामा भएका सबै खेलमा नेपालका बलर र ब्याटर दुवै चलेका छन् ।












